राष्ट्रपति निर्वाचन: १८ सांसद अनुपस्थित

  • 13 मार्च 2018
राष्ट्रपति निर्वाचनमा मतदान गर्दै तस्वीर कपीराइट RSS

मङ्गवार सम्पन्न राष्ट्रपति निर्वाचनमा ८६२ जना सांसदहरूले मतदान गरेका छन् भने १८ जना अनुपस्थित रहे।

संघीय संसद्‌का पाँच र प्रदेशसभाका १३ सदस्यहरूले मतदान नगरेको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले बताए।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेशसभाका सदस्यहरूसम्मिलित ८८० को निर्वाचकमण्डलले मतदान गर्ने संवैधानिक व्यवस्था छ।

अनुपस्थितमध्ये चार जनाले मतदाता सूचीमा नाम नरहेका कारण मतदान गर्न नपाएका हुन्।

तस्वीर कपीराइट RSS
Image caption प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेकपा एमालेले भण्डारीलाई दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो

सरकारले राष्ट्रिय सभामा मनोनीत गरेका तीन जना सांसदको नाम मतदाता सूचीमा समाविष्ट थिएन।

युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलको मनोनयनविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पहिला अन्तरिम आदेश जारी गरेको थियो।

तर पछि उनीहरूलाई शपथ गर्न मार्ग प्रशस्त गरिदिएको थियो।

मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ फौजदारी मुद्दामा दोषी पाइएको प्रमाण भेटिएपछि उनलाई प्रदेशसभाका सदस्यका रूपमा पदभार गर्न अयोग्य मानिएको हो।

तस्वीर कपीराइट RSS

मतगणना

मतदान सकिएको र अपराह्ण चार बजेदेखि मतगणना गर्ने निर्वाचन आयोगको तयारी छ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

वाम गठबन्धनको साझा उम्मेदवार रहेकी भण्डारीलाई राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले पनि सघाउने निर्णय गरेका थिए।

मनोनयनपत्र दर्तापछि के भनेका थिए राई र भण्डारीले?

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
पूर्वसांसद कुमारी लक्ष्मी राईलाई नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाएको हो।
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
विद्या भण्डारी

सम्बन्धित सामग्री