रहेनन् स्टिभन हकिङ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रहेनन् स्टिभन हकिङ

  • 15 मार्च 2018

७६ वर्षको उमेरमा निधन भएका प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङलाई संसारभरिबाट श्रद्धान्जली व्यक्त गरिंदैछ।

ब्रिटिश वैज्ञानिक हकिङले 'ब्ल्याक् होल्' र सापेक्षताकाबारे अभूतपूर्व शोध गरेका थिए।

२२ वर्षको हुँदा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी दुर्लभ रोग लागेको पत्ता लागेपछि चिकित्सकहरूले हकिङ धेरै वर्ष नबाँच्ने बताएका थिए।

त्यो रोगले उनलाई ह्वीलचेयरमा सीमित गरिदियो र उनी एउटा विशेष खाले यन्त्रको सहायताले मात्र बोल्न सक्थे।

सन् २०१४ मा उनको जीवनकथामा आधारित चलचित्र 'द थिअरी अफ् एभ्रिथिङ्' को निर्माण गरिएकोथियो।

बीबीसी रिपोर्ट (भिडिओ)