कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मैले कुनै षड्यन्त्र गरेको छैन: कामु प्रधानन्यायाधीश जोशी

  • 16 मार्च 2018

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफूले असंवैधानिक ढङ्गले कार्यभार नसम्हालेको बीबीसीलाई बताएका छन्।

न्यायपरिषद्का सचिवले बुधवार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सेवानिवृत्त भएको पत्र पठाएपछि बिहीवारबाट जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि पराजुलीले राष्ट्रपतिलाई भेटेर राजीनामा दिँदै 'आफूविरुद्ध ठूलो षड्यन्त्र' भएको बताएका थिए।

बीबीसीलाई दिएको एउटा अन्तर्वार्तामा कायममुकायम प्रधानन्यायाधीश जोशीले भने, "मैले कुनै षड्यन्त्र गरेको छैन। षड्यन्त्र गरेको भए उहाँका लागि किन सही गरिदिन्थेँ र?"

आफ्नो जन्ममितिबारेको विवादमा विगतमा पराजुलीले लिएको निर्णय 'सबैले स्वीकार गरेपछि म किन झगडा गरूँ भनेर मानेको' उल्लेख गर्दै उनले आफूले त्यसबेला पनि संवैधानिक परिषद्ले उक्त विवाद हेर्नुपर्ने धारणा राखेको जनाए।

सम्बन्धित सामग्री