माल्दिभ्स: ‘राष्ट्रपतिविरोधी प्रदर्शनकारीहरू पक्राउ’

  • 17 मार्च 2018
माल्दिभ्स तस्वीर कपीराइट Reuters
Image caption केही समयअघि विपक्षी नेताहरू पक्राउ परेको विरोधमा पनि व्यापक प्रदर्शनहरू भएका थिए( फाइल तस्बिर)

माल्दिभ्समा राष्ट्रपतिविरुद्धका प्रदर्शनहरूमाथि लगाइएका प्रतिबन्धहरु तोड्दै विरोधमा उत्रिएका १ सय ४० भन्दा बढी मानिसलाई पक्राउ परेको त्यहाँको विपक्षी दलले बताएको छ।

शनिवार बिहान केही घण्टा भएका प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्नका लागि अश्रुग्यास प्रहार गरेको गरेको माल्दिभियन डेमोक्रयाटिक पार्टीले बताएको छ।

तीन जना सांसदलाई पनि नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।

माल्दिभ्समा संकटकाल घोषणा

तनाव

विपक्षी दलका नेताहरुमाथि लगाइएको आपराधिक अभियोगहरू माल्दिभ्सको सर्वोच्च अदालतले खारेज गरिदिएपछि त्यहाँ फेब्रुअरीको शुरुवातदेखि राजनीतिक तनाव चर्किन पुगेको हो।

माल्दिभ्समा ‘हस्तक्षेप गर्न' भारतलाई गुहार

त्यसपश्चात् राष्ट्रपति अब्दुल्लाह यामिनले संकटकालको घोषणा गरेका थिए।

उनको त्यस्तो कदमको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको थियो।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार