सगरमाथा क्षेत्रमा थालिएको नयाँ सफाइ अभियान

सगरमाथा क्षेत्रमा थालिएको नयाँ सफाइ अभियान

सगरमाथा क्षेत्रका करिब २५ बस्तीमा जम्मा हुने फोहरमैला व्यवस्थापन गर्दै आएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अनुसार पर्यटकहरूको भीडसँगै त्यस क्षेत्रमा फोहरमैला पनि निरन्तर बढिरहेको छ। फलाम, टिन जस्ता धातु, बोतल र अन्य फोहरलाई काठमाण्डू फिर्ता लैजान बेलाबखत गरिने सफाइ अभियानले निकै मद्दत गर्ने स्थानीयवासी बताउँछन्। सफाइ अभियानबारे लुक्ला महिला समूहकी एक सदस्य निमा याङ्जी शेर्पासँग सुरेन्द्र फुयालले गरेको कुराकानीको अंश।