'एफबीआईले बम विस्फोटको छानबिन गर्दै'

  • 20 मार्च 2018
FBI तस्वीर कपीराइट Reuters
Image caption एफबीआईकी प्रवक्ताले सो विस्फोट अघिल्ला चार हमलासँग सम्बन्धित भएको हुन सक्ने बताइन्

संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित हुलाक सेवा दिने एक कार्यालयको भण्डारमा हुलाकमार्फत् पठाइएको बम विस्फोट भएपछि त्यो घटना एकजना संदिग्ध श्रृखंलाबद्ध बम हमलाकारीसँग सम्बन्धित भए-नभएको बारे अधिकारीहरुले छानबिन गरिरहेका छन्।

विस्फोटमा एक जना सामान्य घाइते भएको तर उपचार आवश्यक नरहेको प्रहरीले जनाएको छ।

अस्टिनबाट १०४ किलोमिटर पर दक्षिणमा रहेको शर्टस्मा स्थानीय समयनुसार मध्यरातको समयमा सो घटना भएको थियो।

आकाशे पुल खस्दा कम्तीमा चारको मृत्यु

लागुऔषध तस्करलाई मृत्युदण्ड दिनुपर्छः ट्रम्प

म हमला

हालैका हप्तामा त्यहाँ भएका चारवटा बम हमलाहरुमा दुई जनाको ज्यान गएको थियो।

संघीय जाँच निकाय एफबीआईकी प्रवक्ता मिसेल लीले सि एन एन लाई बताएअनुसार सो विस्फोट अघिल्ला चार हमलासँग सम्बन्धित भएको हुन सक्छ।

कानुन कार्यान्वयन गराउने निकायका स्रोतहरुलाई उद्भृत गर्दै स्थानीय संचारमाध्यमले सो प्याकेटमा बमको छर्रा बनाउने धातु राखिएको बताएका छन्।

पहिलो बम मार्च २ मा विस्फोट भएको थियो र त्यतिबेला एक जना व्यक्तिको ज्यान गएको थियो।

विस्फोट

दुई थप बम त्यसको १० दिन पछि विस्फोट भएको थियो।

बम हमलाहरुमा दुई जना काला जातिका पुरुष र एक जना हिस्पेनिक महिला घाइते भएपछि अनुसन्धानकर्ताहरुले शुरुवातमा ती बम हमलाहरु सम्भावित रंगभेदी हमला भएको हुन सक्ने ठानेका थिए ।

तर आइतबार मध्यरातमा भएको हमलामा दुई जना गोरा जातिका पुरुष घाइते भएपछि त्यस्तो नभएको हुन सक्ने देखिएको छ।