५० भन्दा बढी पशुपक्षीको स्वर निकाल्ने युवक
५० भन्दा बढी पशुपक्षीको स्वर निकाल्ने युवक
बालक छँदै घानाका यी युवक जस्टिस ओसेइले आफूसँग असाधारण कला भएको पत्तो पाए।
उनी भेडाबाख्रा र अन्य स्थानीय वन्यजन्तुको स्वर निकाल्न सक्थे। त्यसपछि उनले अरू पशुपक्षीको स्वर निकाल्न सिके।
अहिले उनी ५० भन्दा बढी पशुपक्षीको स्वरको नक्कल गर्न सक्छन्। उनलाई आफूसँग भएको असाधारण कलाले गिनिज विश्व कीर्तिमानमा स्थान पाउने आशा छ।
बीबीसी पिड्गिनका लागि उनले केही स्वर यसरी निकाले।