रुस: शपिङ सेन्टर आगलागीमा कैयौं मारिए

  • 26 मार्च 2018
आगलागी तस्वीर कपीराइट AFP

रुसको साइबेरियाको केमेरोभो नगरको एक शपिङ सेन्टरमा आगलागीका कारण ६० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

रुसी अधिकारीहरूका अनुसार सो सेन्टरमा आगलागीपछि केही अझै हराइरहेका छ्न्।

त्यो कम्प्लेक्समा रहेको सिनेमा हलबाट आगो शुरु भएको अधिकारीहरूको आशंका गरिएको छ।

आगलागीमा परी कैयौँ बालबालिकाको ज्यान गएको बताइएको छ।

'अनुसन्धान'

आगलागी नियन्त्रण- दमकलकै अभाव

पाकिस्तानमा ट्यांकर आगलागी: १४० मारिए

भिडिओ दृश्यहरूमा आगो छिटो फैलिरहेको र कतिपय मानिसले आफ्नो ज्यान जोगाउन झ्यालबाट हामफालिरहेको देखिएको छ।

आगलागीको बेला बाक्लो धुँवाले भवनलाई छोपिरहेको देख्न सकिन्छ।

आगलागीको कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान थालेका छन्।

उल्लंघन

तस्वीर कपीराइट AFP
Image caption साइबेरियाको केमेरोभोको शपिङ सेन्टर

छानबिन समितिले सो किनमेल केन्द्रमा सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लंघनहरु भएको बताएका छन्।

अनुसन्धानकर्ताहरु तथा प्रत्यक्षदर्शीहरुका अनुसार सो किनमेल केन्द्रमा आगो लागेको जनाउ दिने प्रणाली सञ्चालन नभएका र त्यहाँबाट बाहिर निस्कने ढोकाहरु बन्द रहेका थिए।

सो छानबिन समितिले, उसकै शब्दमा, एक अग्नि नियन्त्रण प्राविधिकले आगो लागेको बारे सूचित गराइएपछि आगो लागेको बारे घण्टी बजाएर जनाउ दिने प्रणाली बन्द गरिदिएको बताएको छ।

अन्य दुई जना अग्नि नियन्त्रक प्राविधिकहरूका साथै उक्त किनमेल केन्द्रका प्राविधिक निर्देशक तथा सिनेमा घरका प्रबन्धक लाई सोधपूछका लागि नियन्त्रणमा लिइएको बताइएको छ।

आपतकालीन सेवाका ६ सय ६० जना जति सदस्यहरु उद्धार कार्यमा खटाइएका छन्।

सम्बन्धित सामग्री