कम्प्युटरविनै कम्प्युटर पढाउने शिक्षक
कम्प्युटरविनै कम्प्युटर पढाउने शिक्षक
घानाका शिक्षक रिचर्ड अपिया अकोटोले कालोपाटीमा चकको प्रयोग गरी चित्र बनाएर कम्प्युटर प्रविधि पढाएका तस्वीर सार्वजनिक भएपछि उनी विश्वभरि सामाजिक सञ्जालमा निकै चर्चित भए।
आफ्ना विद्यार्थीको प्राविधिक दक्षता बढाउन यस्तो गरेको उनको भनाइ छ।
हेरौँ उनले कसरी ब्ल्याकबोर्डलाई माइक्रोसफ्ट वर्ड कम्प्युटर प्रोग्राम बुझाउन प्रयोग गर्छन्।