भेनेजुएलाः आगलागी र दङ्गामा ६८ को मृत्यु

  • 29 मार्च 2018
मृत्यु तस्वीर कपीराइट Reuters

भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्।

राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने बताए।

बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको विवरणमा जनाइएको छ।

आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो।

भेनेजुएला: संविधान पुनर्लेखन तयारीको विरोध

नियन्त्रण

घटना भएको काराबोबो राज्यका एकजना अधिकारीले आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको र अहिले स्थिति नियन्त्रणमा रहेको बताए।

थुनुवाका आफन्तहरूले धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको बताएका छन्।

भेनेजुएला संकटको "सैन्य" समाधान

तस्वीर कपीराइट Reuters

मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका महिला तथा बालबालिका पनि छन्।

कैदीहरूले खचाखच भेनेजुएलाका जेलहरूमा हिंसा र हिंसात्मक झडपहरू प्रायः भइरहन्छन्।