लाइबेरिया: संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन बन्द हुँदै

  • 30 मार्च 2018
लाइबेरीया तस्वीर कपीराइट UN Peackeeping

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त अफ्रिकी देश लाइबेरियास्थित आफ्नो शान्ति मिसन १५ वर्षपछि बन्द गर्दैछ।

लाइबेरियामा गृहयुद्ध चर्किएपछि स्थापति राष्ट्रसङ्घीय शान्ति मिसन शान्तिप्रक्रिया सफल भएपछि बन्द गरिन लागेको बताइएको छ।

सन् १९८९ देखि २००३ सम्म चर्किएको लाइबेरियाको द्वन्द्वमा करिब अढाई लाख मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ।

द्वन्द्वका कारण देशको एकतिहाइ जनसङ्ख्या विस्थापित हुन पुगेको थियो।

सेवा

तस्वीर कपीराइट UN Peackeeping

युद्ध अन्त्य गर्दै शान्ति स्थापनाको प्रयास सफल भएपछि लाइबेरियाको राष्ट्रसङ्घीय मिसन बन्द बन्द गरिन लागेको बताइन्छ।

नेपालसहित १० भन्दा बढी देशका करिब १६ हजार शान्तिस्थापक सुरक्षाकर्मीले लाइबेरियाको अनमिल भनिने राष्ट्रसङ्घीय शान्ति मिसनमा सेवा गरेका छन्।

लाइबेरियाको द्वन्द्वमा देशका ८० प्रतिशत महिला तथा बालबालिका यौन हिंसाको सिकार भएको प्रतिवेदनहरूमा जनाइएको छ।

तर गृहयुद्ध सकिएपछि लाइबेरियामा तीन वटा राष्ट्रपतीय चुनाव सफलतापूर्वक सम्पन्न भइसकेका छन्।