पाकिस्तानमा मलाला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पाकिस्तानमा मलाला

  • 30 मार्च 2018

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक पाकिस्तान पुगेकी छन्।

उनले पाकिस्तानका प्रधानमन्त्री सहित अन्य वरिष्ठ अधिकारीहरुसंग भेट गरिन्।

स्वदेश फर्कँदा २० वर्षीय मलाला भावुक पनि भएकी थिइन्।

बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एकजना बन्दुकधारीले उनको टाउकोमा गोली हानेका थिए।

सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेपछि युसुफजाइले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनसँगै शिक्षासम्बन्धी अभियान पनि जारी राखेकी छन्।

बीबीसी रिपोर्ट (भिडिओ)