‌सगरमाथा आरोहणको ‌नयाँ कीर्तिमानका लागि

अठचालीस वर्षीय नेपाली आरोही कामी रिता शेर्पा यसपटक फेरि सगरमाथा चढ्न जाँदैछन्।

उनले अन्य दुई नेपाली आरोहीसँगै २१ पटक सगरमाथाको सफल आरोहण गरेको कीर्तिमान राखेका छन्।

यस पटक उनको टोलीमा अमेरिकी र जापानी पर्वतारोहीसहित २९ जना छन्।

उक्त आरोहण दलले अबको दुई हप्तापछि आरोहण शुरू गर्ने बताएको छ।

कामी रिताले मे २९ मा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य लिएका छन्।

उनले २५ पटक सगरमाथाको आरोहण गरेर इतिहास बनाउन चाहेको पनि बताए।

बीबीसी रिपोर्ट (भिडिओ)