'व्यापार युद्ध' को खतरा
'व्यापार युद्ध' को खतरा
विदेशी स्टील र एलुमिनियमा कर बढाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हालैको निर्णयपछि चीनले पनि अमेरिकाबाट आयात गरिने अमेरिकी सामग्रीहरूमा भन्सार दर बढाइदिएको छ।
चीनले बङ्गुरको मासु मदिरासहित अमेरिकाबाट आयात गरिने १२८ वस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको छ।
चिनियाँ कदमले अमेरिकाबाट आयात गरिने करिब ३ अर्ब डलर बराबरको सामान प्रभावित हुने अनुमान गरिएको छ।
गत महिना अमेरिकाले चीनबाट आउने ६० अर्ब डलर बराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनियाँ लगानीलाई सीमित बनाउने घोषणा गरेको थियो।
अमेरिकी अधिकारीहरूले भन्सार दर बढाउन सकिने दशौं अर्ब डलर बराबरका अन्य चिनियाँ सामानहरूको पहिचान गरिसकेको बताएका छन्।
बीबीसी रिपोर्ट (भिडिओ)