सलमान खान: दुर्लभ कृष्णसार सिकारको मुद्दामा दोषी ठहर

तस्बिर स्रोत, AFP
भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको मुद्दामा दोषी ठहर गरेको छ।
खानले एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिमी राज्य राजस्थानमा दुइटा कृष्णसार मारेका थिए।
उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ।
खानले अब एकदेखि छ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ।
पुनरावेदन
तस्बिर स्रोत, AFP
तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।
खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भई कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो।
यसअघि सन् २००२ मा एकजना घरबारविहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए।
निर्दोष
तस्बिर स्रोत, AFP
जनावर सिकार गरेको अभियोग यी अभिनेतालाई लागेको यो चौथोपटक हो।
सन् १९९८ मा 'हम साथ साथ हें' चलचित्रको छायाङ्कनका बेला दुर्लभ कृष्णसारको सिकार गरेको अभियोगमा उनलाई मुद्दा लागेको थियो।
यसअघिका तीन वटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए।