ब्रजिल: पूर्वराष्ट्रपति लुला 'जेल जानुपर्ने' फैसला

  • 5 एप्रिल 2018
पूर्व राष्ट्रपति लुइज् इनासियो लुला दा सिल्भा तस्वीर कपीराइट AFP/GETTY

ब्रजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैद सजाय शुरू गर्नुपर्ने फैसला सुनाएको छ।

घण्टौँसम्म चलेको बहसपछि ६ जना न्यायाधीशहरूले लुलाको विपक्षमा र ५ जना न्यायाधीशहरूले उनको पक्षमा फैसला सुनाएका थिए।

लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमुक्त हुन पाउनुपर्ने तर्क गरेका थिए।

तर अदालतको पछिल्लो फैसला आगामी अक्टोबर महिनामा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारी गरिररहेका ब्रजिलका वामपन्थी नेतालाई ठूलो धक्का दिएको छ।

पक्ष‍-विपक्ष

ब्रजिलका पूर्व राष्ट्रपति लुला दोषी ठहर

यो मुद्दाले ब्रजिलको राजनीतिलाई निकै तताएको छ।

मुद्दा चल्दै गर्दा लुलाको पक्ष र विपक्षमा प्रदर्शनहरू भएका थिए।

७२ वर्षीय लुलाको दाबी छ उनीविरूद्धको मुद्दा राजनीतिक उद्देश्यले अभिप्रेरित छ र त्यो उनलाई चुनावमा भाग लिन नदिनका लागि ल्याइएको हो।

लुलाको वर्कर्स पार्टीले उनीविरुद्धको अदालती निर्णय "प्रजातन्त्र र ब्रजिलको लागि दु:खद" भएको बताएको छ।

उनले घुस लिएको अभियोगमा १२ वर्षको कैद सजाय भोग्ने भनिएको छ।

सम्बन्धित सामग्री