मालाको सीप आयआर्जनको माध्यम बन्दै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मालाको सीपलाई आयको माध्यम बनाउँदै मायादेवी

  • 6 एप्रिल 2018

विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरमा प्रयोग हुने माला बुन्ने परम्परागत सीपलाई बोडे भक्तपुरकी मायादेवी उप्रेतीले आफू र अन्य महिलाका लागि आयआर्जन गर्ने माध्यम बनाएकी छन्।

दश वर्ष पहिले जरीको माला बनाएर राजधानी काठमान्डू र आसपासका जिल्लामा बिक्रीवितरण गर्न सुरु गरेकी उनले हाल ६० जना महिलाहरूलाई रोजगारी दिएकी छन्। उनी बोडेस्थित एउटा विद्यालयकी शिक्षिका पनि हुन्।

माला बनाउन आवश्यक सामग्री किन्नबाहेक अरू कुरामा लगानी गर्नु नपर्ने उनको अनुभव छ।

उनका अनुसार सामान्यतया पाँच दिनको सामान्य तालिम लिएपछि सबैले जरीको माला बनाउने सक्छन्।

एउटा मालाको न्यूनतम मू्ल्य ७० रुपैयाँ छ। महिनामा न्यूनतम १० हजारदेखि ३५ हजार रुपैयाँसम्म कमाएका महिलाहरू रहेको उनले बताइन्।

बिहान १० देखि ४ बजेसम्म शिक्षण गर्ने उनी त्यसपछिको समय दैनिक रूपमा सङ्कलन हुने मालाहरू बेच्न पसलपसल पुग्छिन्।

सबै काम आफूले मात्र गर्न नभ्याएर बिक्रीवितरणका लागि थप तीन जना सहयोगी जुटाएकी छन्।

उनीसँग हाम्री संवाददाता मतिना त्वानावासुले गरेको अन्तर्वार्ता।