कठिन रेसमा बेल्जियमका साइकल खेलाडीको मृत्यु

  • 9 एप्रिल 2018
बेल्जियमा साइकल खेलाडी माइकल गुलेर्ट्स तस्वीर कपीराइट Getty Images

प्यारिस-रुबे खण्डको अति कठिन खण्डमा साइकल रेसमा सहभागी २३ वर्षीय बेल्जियन साइकल खेलाडी माइकल गुलेट्सको मृत्यु भएको छ।

उत्तरी फ्रान्समा 'कोबल्स्' भनिने अप्ठ्यारो खण्डमा साइकल चलाउने क्रममा उनी लडेको र उनको 'कार्डियाक अरेष्ट्' अर्थात् मुटुको चाल बन्द भएको बताइएको छ।

तत्कालै उनलाई हवाई उद्धार गरिएको थियो। तर अस्पतालमा उनी मृत घोषित गरिए।

उनको टोलीले जारी गरेको एउटा विज्ञप्तिमा भनिएको छ, "हामीले अकल्पनीय दु:खका साथ हाम्रा साथी माइकल गुलेट्स अब हामीबीच नरहेको जानकारी गराइरहेका छौँ।"

'अचेत'

तस्वीर कपीराइट PA

२५७ किलोमिटर लामो प्यारिस-रुबे रेसको १०९ किलोमिटर पारे गरेपछि गुलेट्स साइकलबाट लडेर अचेत अवस्थामा रहेको पाइएका थिए।

सन् २०१५ मा पहिलो पटक प्यारिस-रुबेको रेस पूरा गरेका उनी पहिलो पटक सिनियर खेलाडीको रूपमा त्यो प्रतियोगितामा सहभागी भएका थिए।

२९ वटा 'कोबल्स्' निकै अप्ठ्यारा खण्ड रहेको प्यारिस-रुबे रेस विश्वको सबैभन्दा कठिन साइकल रेसमा दरिएको छ।

त्यसैले यो रेसलाई 'हेल अफ द नर्थ (उत्तरको नर्क)' पनि भन्ने गरिन्छ।

यो विश्वका पाँच कठिन एक दिवसीय साइकल रेसहरूमध्ये एक हो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
काठको साइकल

सम्बन्धित सामग्री