सिखहरूमा मद्यपानको समस्या

ब्रिटेनमा बसोबास गर्ने पन्जाबी समुदायमा मद्यपानको समस्या देखिएको छ।

बीबीसीले गरेको एक सर्वेक्षणमा सहभागी सिखहरूमध्ये एक चौथाइले उनीहरूको परिवारका कम्तीमा एक सदस्य मद्यपानको समस्याबाट पीडित रहेको बताए।

मानिसहरू अझै यो समस्याबारे खुलेर कुरा गर्न चाहँदैनन्।

तर अहिले ब्रिटेनस्थित सिख समुदायले नै यो समस्यासँग जुध्न पहल सुरु गरेको छ।

बीबीसी रिपोर्ट (भिडिओ)