विभाजित गर्ने शक्तिहरू किनारा लागेः ओली

  • 14 एप्रिल 2018
रारा

प्रधानमन्त्रीले केपी ओलीले 'नेपाललाई पराधीन बनाउने सोचहरू कमजोर भएको र विभाजित गर्ने शक्तिहरू किनारा लागेको' बताएका छन्।

यद्यपि त्यस्ता शक्तिहरू को हुन् भन्नेबारे उनले केही खुलाएनन्।

मुगुको राराबाट देशवासीका नाममा शनिवार सम्बोधन गर्दै ओलीले राष्ट्रहरूबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र सानो या ठूलो अर्थतन्त्रले नभइ सार्वभौम समानताको विषयले तय गर्ने बताए।

नेपाललाई पछाडि पार्ने 'सामन्तवाद' पनि अब इतिहास बनिसकेको उनले जिकिर गरे।

सम्बन्ध

उनले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर अरू देश र अन्तर्राष्ट्रिय समुदायसँग अब सम्बन्ध विकास गरिने उल्लेख गरे।

ओलीले आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको भन्दै मुलुकका समस्याहरू समाधान गर्न सरकार सक्षम रहेको बताए।

उनले भने, "इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ।"

"हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो। अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन्।"

उनले २०७४ साल 'महत्त्वपूर्ण राजनीतिक उपलब्धिको साल' रहेको बताउँदै ०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै मुलुकले 'विकासप्रेमी सरकार' पाएको उल्लेख गरे।

सम्बन्धित सामग्री