सिरिया आक्रमण: हालसम्मको घटनाक्रम

  • 14 एप्रिल 2018
तस्वीर कपीराइट AFP
  • अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन्। यो कारबाही गत शनिवार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले "बर्बरता र क्रूरताविरुद्ध उचित शक्ति प्रयोग" गरेको टिप्पणी गरेका छन्।
  • अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र गरी तीन स्थानलाई लक्ष्य गरेर आक्रमण गरिएको थियो।
  • रुसले अरू स्थानलाई पनि लक्षित गरी क्षेप्यास्त्र प्रहार भएका भए पनि अधिकांश क्षेप्यास्त्रहरू सिरियाली हवाई प्रतिरक्षा प्रणालीले छेकिदिएको बताएको छ।
  • भ्लादिमिर पुटिनले हवाई आक्रमणलाई "हस्तक्षेपकारी कार्य" भन्दै तत्कालै संयुक्त राष्ट्रसङ्घको बैठक बोलाउनु पर्ने माग गरेका छन्।
तस्वीर कपीराइट Getty Images
  • सिरियाको सरकारी सञ्चारमाध्यमले हवाई आक्रमण "अन्तर्राष्ट्रिय कानुनको जघन्य उल्लङघन" भएको बताएको छ।
  • ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले हवाई आक्रमण "उचित र वैधानिक" भन्दै दाबी गर्दै त्यसो गर्नुको विकल्प नभएको बताएकी छन्।
  • मेले सिरियाको डुमामा भएको भनिएको रासायनिक आक्रमणलाई ब्रिटेनको सोल्जबरीमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि स्नायुप्रणालीलाई असर पार्ने रसायन प्रयोग गरी भएको आक्रमणसँग जोड्दै भनिन् - "तिनले (आक्रमणहरूले) रासायनिक अस्त्र (प्रयोगको) मापदण्डप्रति अनादर देखाएका छन्।"
Image caption हवाई आक्रमण भएका स्थानहरू
  • सिरियाका राष्ट्रिपति बशर अल असदले यो आक्रमणपछि सिरिया र सिरियाली जनताहरू आतङ्कवादलाई निमिट्यान्न पार्न पहिलाको भन्दा झन् प्रतिबद्ध भएका प्रतिक्रिया दिएका छन्। उनले पश्चिमी देशहरूले आफ्नो देशमा आतङ्कवादलाई सघाएको आरोप लगाएका छन्।
  • असादसँग गरिएको टेलिफोन कुराकानीमा इरानका राष्ट्रपति हसन रूहानीले सिरियालाई सहयोग दिइराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा गरिएको सैन्य कारबाही 'परिपक्व ढङ्गमा गरिएको' र 'उद्देश्य पूरा भएको' जनाएका छन्।स्थानीय समयअनुसार बिहानै ट्वीट गर्दै उनले फ्रान्स र संयुक्त अधिराज्यलाई उनीहरूको "विवेक र कुशल सैनिक शक्ति' का लागि धन्यवाद दिएका छन्।

सिरिया आक्रमणबारे थप

रासायनिक हमलाको प्रमाण छ: अमेरिका

पश्चिमा शक्तिद्वारा सिरियामा हमला

सिरियाका तीन ठाउँमा हवाई हमला

सिरिया हमलामा घाइते भएको विवरण

पुटिनद्वारा सिरिया हमलाको निन्दा

आक्रमणपछि दमास्कस कस्तो देखिन्छ?

अब राष्ट्रपति असदमाथि कस्तो प्रभाव पर्ला?

सिरिया हमलाको उद्देश्य पूरा: ट्रम्प