निर्मम बलात्कारविरुद्ध भारतमा प्रतिक्रिया किन ढिलो?

  • 15 एप्रिल 2018
भारतमा बलात्कार तस्वीर कपीराइट AFP

भारतमा अहिले दुईवटा बलात्कारको घटनालाई लिएर चर्को आक्रोश पोखिएको छ।

उत्तर प्रदेशमा एक जना किशोरीको बलात्कार र भारत प्रशासित कश्मीरमा एक बालिकाको बलात्कारपछि हत्यामा दोषी ठानिएकालाई सत्तारुढ दलका केही नेताले जोगाउन खोजेपछि आक्रोश चुलिएको छ।

कश्मीरको बालिकामाथि भएको ज्यादतीबारे चाहिँ भारतमा निकै ढिलो प्रतिक्रिया व्यक्त भएको भन्दै आलोचना पनि भएको छ।

महिलाका लागि भारत कति सुरक्षित?

बालिकाको बलात्कार-हत्याले व्यापक आक्रोश

प्रवृत्ति

घुमन्ते मुस्लिम समुदायकी आठ वर्षीया बालिकाको क्षतविक्षत शव गत ज्यानुअरीमै कश्मिरको कठुआको जंगलमा फेला परेको हो।

उक्त घटनामा संलग्न ठानिएका चार प्रहरीसहित आठ पुरुष फेब्रअरीमा पक्राउ परे।

तर राष्ट्रिय समाचार सञ्जालमा कठुआको घटनाले स्थान मध्य एप्रिलमा मात्रै किन पायो?

किन यसले यति ढिलो मात्रै आक्रोश जन्मायो?

यसले आधुनिक भारतबारे केही कुरा दर्शाउँछ।

नैतिकता

भारतका सञ्चारमाध्यमले कुनै विषयमा राष्ट्रिय बहस चलाउन अनावश्यक ढंगले दबाब सिर्जना गर्ने गरेको धेरै विश्वास गर्छन्।

र, त्यसमध्ये पनि ठूलो हिस्सा कश्मिरसम्बन्धी समाचारबारे पूर्वाग्राही देखिन्छन्। कठुआ घटनाबारे समाचार लेखिरहेका एक जना पत्रकारले गत ज्यानुअरीयता नै दिल्लीस्थित आफ्ना सहकर्मीहरुलाई त्यसबारेको समाचारलाई स्थान दिन भनेपनि नमानेको बताउँछन्।

श्रीनगरस्थित एक जना स्वतन्त्र पत्रकार समीर यासिर भन्छन्, पत्रकारहरुका दिल्लीस्थित कार्यालयले बालिकाको बलात्कारको घटनाभन्दा फूलको बगैचाको उद्घाटन राम्रो समाचार भएको आभास दिन्थे।

तर उपल्लो तहमा रहेका दिल्लीस्थित पत्रकारहरुले जम्मुकश्मिरमा आफ्ना पर्याप्त मानिस नरहेको र त्यो 'ठूलो घटना' नभएको भन्दै झुटो बोलिरहेको उनी बताउँछन्।

दिल्लीका समाजशास्त्री शिव विश्वनाथन भन्छन्, "‍हिंसाबारे समाचार बनाउँदाबनाउँदै भारतका सञ्चारमाध्यम थाकिसकेका छन्।

बलात्कार, कुटेर हत्या, यातना जस्ता विषय मौसमको रिपोर्ट जस्तै भएका छन्"।

उनी यस्ता घटनालाई भारतको नैतिक सोच टुटफुट भएको रुपमा व्याख्या गर्छन्।

सम्बन्धित सामग्री