'ओली-प्रचण्ड वार्तापछि अन्योल अन्त्य'

  • 20 एप्रिल 2018
नेताहरु तस्वीर कपीराइट .
Image caption पार्टी एकता संयोजन समितिको बैठक निर्णायक हुन नसकेपछि दुबै दलका अध्यक्षबीच लगातार वार्ता भइरहेको छ

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया निर्याणक मोडमा पुगेको प्रधानमन्त्री निकट एमाले नेताले जनाएका छन्।

ती नेताका अनुसार दुबै दलका अध्यक्षबीच भएको लामो छलफलले जारी एकता प्रक्रियालाई सकारात्मक मोड दिएको हो।

पछिल्ला केही दिन यता मतभेदका विषयलाई लिएर एकता पेचिलो बनेका विवरण आइरहेका थिए।

‘एकता संकटमा पर्ने माओवादी नेताको चेतावनी’

माओवादी-एमाले एकता अब 'वैशाख अन्तिम साता'

ओली-प्रचण्ड सँगै

पार्टी एकता संयोजन समितिको बैठक निर्णायक हुन नसकेपछि दुबै दलका अध्यक्षबीच लगातार वार्ता भइरहेको छ।

त्यसक्रममा शुक्रवार भएको वार्ताले अवरोध किनारा लगाएको नेकपा एमालेका पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

तर पहिले लक्ष्य लिइएको वैशाख ९ गते एकीकरण घोषणा हुनेछैन।

त्यस दिन दुबै नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने बताउँदै नेता श्रेष्ठले भने, "दुईजना अध्यक्षबीच एकदम सौहार्द्रपूर्ण ढंगले कुरा भएको छ, अब एकता निश्चित भइसक्यो, एकता त अब भयो-भयो कसैले रोक्न सक्दैन।"

ओली र प्रचण्ड बाहेक स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा नेताको टुंगो लगाउन मात्र बाँकी रहेको उनको दावी छ।

पार्टी एकताले नबाँधेका नेताका 'व्यथा'

एमाले-माओवादी एकता सहमतिमा हस्ताक्षर

मतभेद्का विषय

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
एकता प्रक्रियाको बाधक को?

तर एकीकृत दलको चुनाव चिन्ह, पार्टीको राजनीतिक दस्तावेजमा 'जनयुद्ध' शब्द राख्ने र पार्टी कमिटीमा सहभागिताको आधार जस्ता विषयमा मतेभद रहेको बताइएको थियो।

चुनाव चिन्ह सूर्य रहने सहमति भइसकेको बताउँदै नेता श्रेष्ठले भने, "सहभागिताको आधार ५०-५० प्रतिशतभन्दा पनि सम्मानजनक ढंगले एकता गर्ने सहमति छ र जनयुद्ध शब्दबारे पनि कुरा मिल्छ।"

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि एमाले अध्यक्षसँग शुक्रवार भएको छलफल सौहार्दपूर्ण भएको टिप्पणी गरेका छन्।

ट्वीट गर्दै पार्टी एकताको निम्ति तयार गरिएका दुईवटा प्रतिवेदनमाथिको छलफल सकिएको जनाएका उनको पक्षबाट त्यसबारे थप विवरण दिइएको छैन।