पारमाणविक कार्यक्रमको आर्थिक स्रोत के?

  • 22 एप्रिल 2018
उत्तर तस्वीर कपीराइट Getty Images

एकपछि अर्को क्षेप्यास्त्र बनाउनका लागि उत्तर कोरियालाई कहाँबाट पैसा आउँछ?

झण्डै दुई वर्षयता विभिन्न देशहरूमा जारी एउटा अनुसन्धानात्मक रिपोर्टिङका अनुसार करिब डेढ लाख उत्तर कोरियालीहरू विदेशमा काम गर्छन्।

र, उनीहरूले पठाएको रेमिट्यान्स किम जङ-अनको पारमाणविक कार्यक्रममा प्रयोग हुन्छ।

गोप्य रूपमा फरक-फरक देशका केही पत्रकारहरूले एउटा अन्तर्राष्ट्रिय समूह बनाएर त्यस्तो रिपोर्टिङ गरेका हुन्।

किमले पारमाणविक परीक्षण अहिलेनै किन रोके?

विकास

त्यस क्रममा उनीहरूले रुस, चीन र पोल्याण्डमा काम गरिरहेका उत्तर कोरियाली नागरिकहरूसँग कुरा गरेको बताएका छन्।

ती उत्तर कोरियालीहरूले गर्दै आएको काम २१ औँ शताब्दीमा दासत्व जस्तै भएको बताएका छन्।

प्रत्येक वर्ष एक अर्ब पाउण्ड कमाउनका लागि उनीहरूलाई विदेश पठाइएको बुझिएको छ।

के हो उत्तर कोरियाली संकट?

के किम जङ-अन विदेश भ्रमणमा जान डराउँछन्?

तस्वीर कपीराइट Getty Images
Image caption प्रतीकात्मक तस्वीर

ब्रिटेनका लागि उत्तर कोरियाका उपराजदूत रहिसकेका थे यङ-हो भन्छन्, "यदि त्यो रकम विकासमा खर्च गरिएको भए अर्थतन्त्रमा निकै सुधार आउने थियो। विदेशबाट आउने रकम किम र उनका परिवारको सुखशयल, पारमाणविक कार्यक्रम र सेनामाथि खर्च हुन्छ। यो एउटा तथ्य हो।"

रिपोर्टिङमा संलग्न पत्रकारहरूको एउटा गोप्य टोली रुसको भ्लादिभोस्तोक शहरमा बस्नका लागि कोठा खोजिरहेका मानिसहरूतर्फ गयो र काम गर्ने उत्तर कोरियालीहरूलाई भेट्यो।

के किम जङ-उनको हत्या गर्न खोजिएको हो?

पत्रकारः तपाईँले यहाँ काम गर्दा कति पैसा पाउनुहुन्छ?

उत्तर कोरियालीः सबै रकम हाम्रा टोली नाइकेले बुझ्छन्।

पत्रकारः टोली नाइके? जो तपाईँहरूसँग छन्, ती रुसी व्यक्ति?

उत्तर कोरियालीः होइन, एकजना उत्तर कोरियाली व्यक्ति।

ती उत्तर कोरियालीहरू अपरिचित मान्छेसँग कुरा गर्न अप्ठ्यारो मानिरहेका थिए।

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?

तस्वीर कपीराइट Getty Images
Image caption प्रतीकात्मक तस्वीर

तर नाम उल्लेख नगर्ने शर्तमा एकजना उत्तर कोरियाली कामदार कुरा गर्न तयार भए।

उत्तर कोरियाली कामदारः "यहाँ हामीहरूसित कुकुरलाई जस्तो गरिने व्यवहार गरिन्छ र राम्रोसँग खाना पनि दिइँदैन। यहाँ बसेर तपाईँ आफूलाई मान्छे ठान्न छोड्नुहुन्छ।"

आफ्नो अधिकांश आम्दानी अरू ले नै बुझ्ने गरेको उनले बताए।

उत्तर कोरियाली कामदारः "केही मानिसहरू यसलाई पार्टीप्रतिको हाम्रो जिम्मेवारी ठान्दछन् भने केही मानिसहरू क्रान्तिप्रतिको हाम्रो जिम्मेवारीका रूपमा लिन्छन्।"

पोल्याण्डमा ८०० जना उत्तर कोरियालीहरू कार्यरत छन्।

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

पत्रकारहरूको गोप्य टोलीले पोल्याण्डको स्टेटीन शहरमा जागिर दिने एउटा कम्पनीका प्रतिनिधिका रूपमा एकजना सुरक्षागार्डलाई भेट्यो।

सुरक्षागार्डः "उत्तर कोरियालीहरू स्टेटीन शहरमा जताततै भेटिन सक्छन्। उनीहरूको अवस्था हाम्रो यहाँ साम्यवाद भएको बेलाको जस्तै छ। तपाईँलाई थाहा छ उनीहरूलाई अरूसँग बोल्न किन अनुमति छैन? त्यो यसकारणले कि कतै पश्चिमाले उनीहरूलाई लोभ्याइनदेओस्।"

ती सुरक्षागार्डले पत्रकारहरूको टोलीलाई उत्तर कोरियाली मजदुरका नाइकेसँग भेट गराए।

नाइकेः "हाम्रा मान्छेहरू पोल्याण्डमा काम गर्न आएका छन्। हामी पोल्याण्डका मानिसहरू जस्तै प्रत्येक दिन आठ घण्टा काम गर्ने र घर जाने गर्न सक्दैनौँ। आवश्यकता अनुसार हामी काम गर्छौँ।"

प्रमाण

वार्सस्थित उत्तर कोरियाली दूतावासले आफ्नो देशका नागरिकहरूले पोल्याण्डको कानून र युरोपेली संघको नियम अनुसार काम गरिरहेको जनाएको छ।

पोल्याण्डको सरकारले उत्तर कोरियाली कामदारहरूको पैसा त्यसरी पठाउने गरिएको भन्नेबारे कुनै प्रमाण नभेटिएको बताएको छ।

तस्वीर कपीराइट Getty Images
Image caption प्रतीकात्मक तस्वीर

जेएमए नामक एउटा कम्पनीले उत्तर कोरियालीहरूलाई जागिर नदिएको र आफ्ना सबै कर्मचारीहरू कानूनी रूपमा काम गरिरहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघले गत डिसेम्बरमा उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध अनुसार उत्तर कोरियाली नागरिकहरूलाई विदेशमा काम गर्न रोक लगाइएको छ।

तर त्यसभन्दा पहिल्यैदेखि उत्तर कोरियालीहरूलाई काम दिएका देशहरूको हकमा दुई वर्षपछि मात्रै त्यो प्रतिबन्ध लागू हुनेछ।