शिशु जन्मको घोषणा
शिशु जन्मको घोषणा
परंपरागत पोशाक लगाएका एक पुरुषले ब्रिटिश राजपरिवारमा नयाँ सदस्य जन्मेको घोषणा गरे।
यसरी घोषणा गर्ने चलन निकै पुरानो हो।
लण्डनस्थित सेन्ट मेरीज अस्पताल बाहिर टाउन क्रायर भनिने ती पुरुषले घन्टी बजाएर डचेस अफ क्याम्ब्रीजले आफ्नो तेश्रो सन्तानको रुपमा छोरालाई जन्म दिएको घोषणा गरेकाथिए।
ब्रिटेनको केन्सिङटन प्यालेसले राजकुमारी केटले सोमवार बिहान ११ बजेर १ मिनेट जाँदा शिशुलाई जन्म दिएको जनाएको छ।
नयाँ शिशु ब्रिटिश राजगद्दीको उत्तराधिकारीको रुपमा पाँचौं स्थानमा रहने छन्।
बीबीसी रिपोर्ट (भिडिओ)