'मोदीको जनकपुरमा अभिनन्दनको तयारी गर्दैछौं': मुख्यमन्त्री राउत

  • 23 एप्रिल 2018
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
मो लालबाबु राउत

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैशाख २८ गते जनकपुरमा नागरिक अभिनन्दनको तयारी थालिएको प्रदेश नम्बर २ का मुख्यमन्त्रीले बताएका छन्।

नेपालको परराष्ट्र मन्त्रालय तथा भारतीय राजदूतले मोदीको उक्त भ्रमणबारे आफूहरूलाई जानकारी गराइसकेको उनले बताए।

विदेशी लगानीका लागि नेपाल सुरक्षित: ओली

एक महिनामा दोस्रो पटक मोदी-ओली फोन वार्ता

पुष्टि

भारतीय सञ्चारमाध्यमहरूले मोदीको नेपाल भ्रमणबारे अनौपचारिक सूत्रको हवाला दिँदै केही दिनअघि समाचार दिएका थिए।

सो समाचारको औपचारिक पुष्टि दुवै देशले गरेका छैनन्।

तर सोमवार प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले बीबीसीसँग कुरा गर्दै आफूहरूलाई सो भ्रमणअन्तर्गत प्रधानमन्त्री मोदी मे ११ अर्थात् वैशाख २८ मा जनकपुर आउने जानकारी गराइएको बताए।

उनले भने, "भारतका सम्माननीय प्रधानमन्त्री मोदी मे ११ तारिख जनकपुर आउने जानकारी हामीलाई गराइएको छ। आइतवार भारतीय राजदूतले पनि हामीलाई सो जानकारी गराउनुभयो। हामी उहाँको अभिनन्दन गर्नका लागि तयार छौं।"

योजना

तस्वीर कपीराइट NArendra Modi/Twitter

विक्रम सम्वत् २०७१ को मंसिरमा दक्षिण एसियाली सहयोग संगठन-सार्कको काठमाण्डू शिखर सम्मेलनको छेको पारेर उतिबेला नै प्रधानमन्त्री मोदीले जनकपुरको समेत भ्रमण गर्ने योजना थियो।

तर पछि उनले त्यहाँ सार्वजनिक अभिनन्दन अनि सम्बोधन गर्नेजस्ता कार्यक्रमबारे विवाद भएपछि जनकपुर भ्रमण स्थगित गरिएको थियो।

अहिले पुन: तय गरिन लागेको उनको जनकपुर भ्रमणमा नागरिक अभिनन्दन तथा जानकी मन्दिर पूजाआजाको कार्यक्रम रहने मुख्यमन्त्री राउतले बताए।

"जानकी मन्दिनमा पूजाको एउटा कार्यक्रम हुनसक्छ। दोस्रो, यहाँको बाह्रबिघा मैदानमा नागरिक अभिनन्दनको कार्यक्रम छ।"

सो भ्रमणका बेला हुने सहयोगका घोषणा वा त्यसको तयारीका निम्ति शान्तिसुरक्षाको बन्दोबस्त केन्द्र सरकारकै समन्वयमा हुने भएकाले आफूलाई धेरै जानकारी नभएको उनले बताए।

तर परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे औपचारिक पुष्टि गरेको छैन।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेको करिब एक महिनामा प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन्। यसअघि २०७१ सालमा उनी दुई पटक काठमाण्डू आएका थिए।

तेस्रो पटक नेपाल आउनुअघि मोदी अर्को साता चीन भ्रमणमा जाँदैछन्।

सम्बन्धित सामग्री