परमाणु सम्झौताबाट नहट्न इरानको चेतावनी

  • 24 एप्रिल 2018
हशन रुहानी तस्वीर कपीराइट Getty Images

इरानका राष्ट्रपति हशन रुहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि नहट्न भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एमानुएल माक्रोँबीच वासिङ्टनमा सो एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो।

इरान र साउदी अरेबियामध्ये को शक्तिशाली?

'इरान सम्झौताको पक्षमा उभिन्छौं'

धम्की

ट्रम्पले उक्त सम्झौतालाई भंग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्यान्वयन गरे रुहानीले, उनकै शब्दमा, त्यसका गम्भीर परिणामहरू हुने बताएका छन्।

इरानले प्रतिवादमा कस्ता खालका कदम चाल्नेछ भनेर रुहानीले केही खुलाएनन्।

विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो। जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो।

बदलामा ऊ विरुद्ध लगाइएका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए।

फ्रान्सका राष्ट्रपति माक्रोँले ट्रम्पलाई सो सम्झौताबाट पछि नहट्नका लागि दबाब दिने ठानिएको छ। रुस तथा चीन दुवैले यसका लागि निरन्तर समर्थन पनि जनाइरहेका छन्।

बीबीसीका संवाददाता जनाथन मार्कस भन्छन्- आगामी हप्ताभित्र राष्ट्रपति ट्रम्पले इरानको परमाणु कार्यक्रमप्रति समर्थन जनाइराख्ने वा नराख्ने बारे निर्णय लिनैपर्छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौतालाई सधै "खराब सम्झौता" भन्दै आएका छन्।