संयुक्त अधिराज्य: नवराजकुमारको नाम लुइ आर्थर चार्ल्स राखियो

  • 27 एप्रिल 2018
केट तस्वीर कपीराइट Getty Images

ड्युक तथा डचेस अफ क्याम्ब्रिजले आफ्नो तेस्रो सन्तानको नाम लुइ आर्थर चार्ल्स राखेका छन्।

सो दम्पत्तिको दोस्रो पुत्रका रूपमा उनको जन्म लन्डनस्थित सेन्ट मेरीज् अस्पतालमा गत सोमवार बिहान भएको थियो। नवजात शिशुको तौल आठ पौन्ड र सात औन्स थियो।

केन्सिङ्टन दरबारले एउटा ट्वीटमा नवराजकुमारलाई 'प्रिन्स लुइ अफ क्याम्ब्रिज' भनिने जनाएको छ।

तस्वीर कपीराइट Getty Images
Image caption जन्म भएको दिनमा राजकुमार लुइ

नवराजकुमार लुइ राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा छन्।

लुइ पिता राजकुमार विलियम र दाजु राजकुमार जोर्जको औपचारिक लामो नामको बीचमा भएको नाम हो।

आर्थर पनि ड्युकको नामको बीचमा छ। यो महारानी भिक्टोरियाका पिता महाराज जोर्ज पञ्चमको बीचको नाम थियो।

बाजी थाप्नेहरूले नवयुवराजको नाम आर्थर राखिने अनुमान गरेका थिए।

अन्य अनुमानित नाममा जेम्स र फिलिप थिए।

बिहीवार साँझ राजकुमार विलियमले आफ्ना पुत्रको नाम के राख्ने भनेर निर्णय लिन बाँकी नै रहेको सम्वाददाताहरूलाई बताएका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
शिशु जन्मको घोषणा

केही दिनअघि उनले आफ्नी पत्नी क्याथरिन र बच्चाको अवस्था राम्रो रहेको बताएका थिए।