मस्कोको र्‍यालीबाट विपक्षी नेता पक्राउ

  • 5 मे 2018
रुस तस्वीर कपीराइट AFP

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले उनको चौथो कार्यकालको शपथ लिन लागेको दुई दिनअघि रुसभर विपक्षीहरूले विरोधप्रदर्शन गरिरहेका छन्।

गत मार्चमा भएको राष्ट्रपतीय चुनावमा सहभागी हुनबाट रोक लगाइएका विपक्षी नेता एलेक्से नभाल्नीले ती विरोधप्रदर्शनहरूको नेतृत्व गरिरहेका छन्।

तर मस्कोमा आयोजना गरिएको एक ‍र्‍यालीमा पुगेलगत्तै उनी पक्राउ परेका छन्।

'नभाल्नी चुनावमा उठ्न अयोग्य'

कारबाही

सामाजिक संजालमा राखिएका तस्बिरहरूमा अधिकारीहरूले नभाल्नीलाई पाखुरामा समात्दै एउटा प्रहरीको भ्यानको हालेको देख्न सकिन्छ।

प्रहरीले अश्रुग्यास प्रहरी गरी प्रदर्शनकारीहरूलाई तितरबितर पनि पारेको थियो।

रुसभर भइरहेका विरोधप्रदर्शनहरुका क्रममा कम्तीमा एक हजार प्रदर्शनकारीहरुलाई हिरासतमा लिइएको छ।

राजधानी मस्को तथा सेन्ट पिटर्सबर्गमा प्रदर्शनहरू आयोजना गर्न अधिकारीहरूले अनुमति दिएका थिएनन्।

मस्कोको पुस्किन स्केवयरमा जम्मा भएका प्रदर्शनकारीको भीडले "पुटिनबिनाको रुस"जस्ता उनीविरोधी नाराहरू लगाएका थिए।

ठीक त्यही स्थानमै क्रेम्लिन-पक्षीय न्याश्नल लिबरेसन मुभमेन्टका अभियानकर्ताहरुले पुटिनको समर्थनमा र्याली निकालेका छन्।

रुसः पुटिन ठूलो मत अन्तरले विजयी

विरोध

नभाल्नीका समर्थकहरूले रुसी राष्ट्रपति 'तानाशाह' भएको आरोप लगाउने गरेका छन्।

विपक्षी नेता नभाल्नी प्रदर्शनस्थलमा पुगेको देखिएको थियो तर उनलाई हिरासतमा लिइएको खबर पनि त्यसलग्त्तै आएको थियो।

गत मार्चमा भएको राष्ट्रपतीय चुनावमार्फत् पुटिन चौथो कार्यकालका लागि ठूलो मतअन्तरका साथ विजयी भएका थिए। अपेक्षित जित हासिल गरेसँगै पुटिनले अर्को ६ वर्ष रुसको नेतृत्व सम्हाल्दै छन्।

तर विपक्षीहरू तथा केही अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावमा व्यापक अनियमितता भएको विवरणहरू दिएका थिए।

विपक्षी नेता नभाल्नीलाई एउटा फौजदारी अभियोगमा दोषी ठहराइँदै चुनाव लड्नबाट रोक लगाइएको थियो।

आफूले सरकारको कडा आलोचना गरेकाले क्रेम्लिनले बदलास्वरुप आफूमाथि कानुनी अभियोग लगाएको नभाल्नीले बताउँदै आएका छन्।

सम्बन्धित सामग्री