मनिलाको जेलमा भीड
मनिलाको जेलमा भीड
फिलिपिन्सको राजधानीस्थित मनिला सिटी जेल १९ औँ शताब्दीमा बनेको हो।
त्यसको क्षमता झन्डै ८०० बन्दी राख्ने हो।
तर त्यहाँ अहिले ५,५०० भन्दा बढी कैदी, बन्दीहरूलाई राखिएको छ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले लागुपदार्थ प्रयोगकर्ता तथा व्यापारीहरूविरुद्ध युद्ध घोषणा गरेपछि गत दुई वर्षमा १२०,००० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्।
त्यसले गर्दा पनि जेलहरूमा निकै भीड बढेको बताइन्छ।
बीबीसी रिपोर्ट (भिडिओ)