‘पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आज’

  • 8 मे 2018
तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे मंगलवार साँझ घोषणा गर्ने बताएका छन्।

लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको उक्त अन्तर्राष्ट्रिय सहमतिको ट्रम्प कटु आलोचक रहँदै आएका छन्।

उक्त सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले उनलाई उक्त सहमतिबाट पछि नहट्न भनिरहेका छन्।

फ्रान्सका विदेशमन्त्रीले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफूहरू उक्त सम्झौताको पक्षमा उभिरहने बताएका छन्।

आग्रह

हाल वाशिङटनको भ्रमणमा रहेका ब्रिटेनका विदेशमन्त्री बोरिस जनसनले अमेरिकी टेलिभिजनहरूलाई अन्तरवार्ता दिँदै सम्झौतालाई खारेज नगर्न आग्रह गरेका छन्।

ट्रम्पलाई सहमत गराउने प्रयास गरिरहेका युरोपेली देशहरूले यसै हप्ताको अन्त्यमा इरानसँगको पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आउने अपेक्षा गरिरहेको भएपनि ट्विटरमार्फत ट्रम्पले पछिल्लो जानकारी दिएका हुन्।

तस्वीर कपीराइट Fox News

सम्झौतामा अडिग रहन आग्रह गर्दै वाशिङटन पुग्ने ब्रिटेनका विदेशमन्त्री पछिल्ला युरोपेली कूटनीतिज्ञ थिए।

इरान परमाणु सम्झौताप्रति प्रतिबद्ध छौँ: फ्रान्स

अमेरिकी प्रतिबन्धविरुद्ध इरान आक्रोशित

‘इरानसँगको सम्झौता खारेज भए युद्ध’

उनले ट्रम्पसँग भेटघाट गरेका छैनन्। तर ट्रम्पको सबैभन्दा प्रिय केबल समाचार च्यानलको कार्यक्रम 'फोक्स एण्ड फ्रेन्ड्रस'मा उपस्थित भएर आफ्नो सन्देश दिएका छन्।

तस्वीर कपीराइट Twitter

उनले सम्झौतामा केही त्रुटिहरू भएपनि त्यसले इरानलाई परमाणु अस्त्र बनाउनबाट रोकिरहेको र अहिले त्योभन्दा अर्को राम्रो उपाय नभएको उल्लेख गरेका थिए।

आशिंक

तर ट्रम्प प्रशासनका अधिकारीहरूले सम्झौता खारेज गर्ने पक्षमा नै राष्ट्रपति उन्मुख रहेको उल्लेख गरेका छन्।

सबैभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ उक्त इस्लामवादी देशविरुद्ध पुन: प्रतिबन्ध लगाउने घोषणा गरिरहँदा ट्रम्पले इरानसँग व्यापार गर्ने अन्य देशहरूविरुद्ध दण्डात्मक कदमहरू पनि समावेश गर्छन कि गर्दैनन् भन्ने हो।

एकजना बीबीसी संवाददाता भन्छन्, युरोपेली देशहरूले उक्त सहमतिलाई जोगाउने दिशामा अमेरिकाले केही सम्झौता गर्ने अपेक्षा गरिरहेका छन्।

ह्वाइट हाउसका एकजना अधिकारीले राष्ट्रपतिले आंशिक रुपमा उक्त सहमतिबाट अलग्गिने घोषणा गर्न सक्ने जानकारी दिएका छन्। तर त्यो कस्तो हुन्छ भनेर उनले खुलाउन सकेनन्।

इरान मामिलामा ट्रम्पको यति चासो किन?

‘पारमाणविक सम्झौताबाट पछि हटे पश्चात्ताप’

इरान र साउदी अरेबियामध्ये को शक्तिशाली?