हिन्दुवादीमा मोदीको भ्रमणको प्रभाव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हिन्दु राष्ट्रका पक्षधरलाई 'मोदीको नेपाल भ्रमणबाट प्रोत्साहन'

  • 10 मे 2018

लामो समय जनकपुरमा प्राध्यापन गरेका सुरेन्द्र लाभका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 'हिन्दु कार्ड' खेल्न सिपालु छन्।

भ्रमणको भित्री उद्देश्यबारे भन्न नसकिए पनि त्यसले नेपालमा हिन्दु राष्ट्रको माग गर्नेहरुलाई केही न केही पक्कै बल दिनेछ भन्ने उनको ठम्याइ छ।

जनकपुरबाट भ्रमण थालेर मोदीले तराईकेन्द्रित दलको मुद्दामा आफ्नो समर्थनको सङ्केत पनि दिन खोजेका हुन्?

उनी त्यसबारे भने फरक खालको गन्ध महसुस गरिरहेको बताउँछन्।

विगतमा नेपाल र भारतका प्रधानमन्त्रीबीच तिक्ततापूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उनी भन्छन्, "अहिले झगडापछिको मित्रता एकदमै दह्रो हुन्छ भने जस्तो देखिन्छ।"

तराईकेन्द्रित दलले केपी ओलीलाई समर्थन दिएको र एमालेले प्रदेश नं. २ मा तराईकेन्द्रित दलको सरकारलाई समर्थन गरेको पृष्ठभूमिमा थप प्रगति भइरहेको उनको विश्लेषण छ।

भन्छन्, "विगतमा उनीहरूले गर्ने गरेको एकअर्काको चर्को आलोचना अहिले रोकिएको छ। त्यसैले नयाँ समिकरणको बन्न लागे जस्तो देखिन्छ।"

सम्बन्धित सामग्री