सरुवा रोगबाट बच्ने उपाय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सरुवा रोगबाट बच्ने उपायहरू

  • 15 मे 2018

अहिले पानी पर्ने क्रमसँगै नेपालका विभिन्न अस्पतालमा सरुवा रोगका बिरामी बढ्दै गएका विवरण आएका छन्।

खासगरी झाडापखाला, जन्डिस, टाइफोइड र हेपाटाइटिस ए जस्ता रोग फैलिन थालिसकेको चिकित्सकहरूको भनाइ छ।

यस्तो बेला सरुवा रोगबाट बच्न सफा वा उमालेको पानीको प्रयोग गर्नु पर्ने सुझाव दिन्छिन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाण्डूमा कार्यरत डा. मनीषा रावल।

सरसफाइमा ध्यान पुर्‍याए ७० देखि ८० प्रतिशत रोग रोकथाम गर्न सकिने उनको भनाइ छ।

उनी भन्छिन्, “खाना खानुअघि र खाइसकेपछि साबुनले हात धुने बानी बसालेर हामी सरुवा रोगबाट बच्न सक्छौँ। बासी खानेकुरा र सडकमा बेच्न राखेको खानेकुरा खानु हुँदैन।”

सम्बन्धित सामग्री