एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि पनि सरकार र पार्टीको नेतृत्व दुई अध्यक्षभन्दा बाहिर नजाने नेता हरिबोल गजुरेलले बताएका छन्।
उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले एमालेसँगको एकता टुङ्गोमा पुगेको जानकारी गराएपछि घोषणा प्रस्तावलाई पार्टी केन्द्रीय कार्यालयको बैठकले अनुमोदन गरेको छ।
उनले भने, "एकीकरण घोषणा भोलि बिहीवार हुन्छ। दुवै दलले त्यो प्रस्ताव अनुमोदन गरेका छन्।"
पार्टी केन्द्रीय कमिटी चार सय ४२ सदस्यीय हुने र त्यसमा एमालेबाट २४१ र माओवादी केन्द्रबाट २ सयजना रहने उनको भनाइ छ।