शाही बिहेको प्रतीक्षा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

राजकुमार ह्यारी र अभिनेत्री मार्कलको बिहेको प्रतीक्षा

  • 17 मे 2018

ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको एक भव्य समारोहबीच लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसरमा विवाह हुँदैछ।

तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेमसम्बन्धमा थिए।

उनीहरूकी एक जना ‌साझा साथीले उनीहरूको भेटघाट गराएकी थिइन्।

तस्वीर कपीराइट Reuters

यसअघि बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा राजकुमार ह्यारीले आफूहरू निकै चाँडै एकअर्काको प्रेममा परेको बताएका थिए।

"त्यो सम्भवत: हाम्रो ग्रहदशा मिलेको प्रमाण पनि थियो। सुन्दर मार्कल चिप्लिइन् र मेरो जीवनमा आइपुगिन्," उनले भने।

राजकुमार ह्यारी तथा मेगन मार्कलको यही शनिवार हुन लागेको विवाह समारोहको संसारभरि उत्सुकताका साथ प्रतीक्षा गरिँदैछ।

बीबीसी रिपोर्ट (भिडिओ)