'म ७० वर्षको भइसकेँ, अब म सगरमाथा चढ्दिनँ!'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'७० वर्षको भएँ, अब सगरमाथा चढ्दिनँ!'

  • 17 मे 2018

दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयू सगरमाथाको सफल आरोहणपछि बिहीवार स्वदेश फर्किएका छन्।

आफ्नो दलका सहयोगी पर्वतारोहीहरूसँगै सिया सोमवार बिहान ८.३० बजेतिर सगरमाथाको शिखरमा पुगेका थिए।

चालीस वर्षअघि हिउँले खाएर नचल्ने भएका उनका खुट्टा पछि क्यान्सर रोगका कारण शल्यक्रिया गरेर फाल्नुपर्‍यो।

चीन फर्कनुअघि बीबीसी नेपालीसँग कुरा गर्दै उनले आफ्नो लामो समयदेखि सगरमाथा चढ्ने धोको पूरा भएकोमा प्रसन्नता व्यक्त गर्दै नेपाली सहयोगीहरूप्रति आफू कृतज्ञ रहेको बताए।

फेरि सगरमाथा चढ्नुहुन्छ कि भन्ने प्रश्नमा उनले भने, "अब चढ्दिनँ! म ७० वर्षको भइसकेँ। अब पुग्यो!"

(सृजना श्रेष्ठको भिडिओ रिपोर्ट)