वायु प्रदूषण कसरी कम गर्ने?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वायु प्रदूषण कसरी कम गर्ने?

  • 21 मे 2018

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनका अनुसार दक्षिणपूर्वी एसियामा सबैभन्दा धेरै प्रदूषण हुने मुलुकहरूको सूचीमा नेपालको नाम पनि परेको छ।

त्यो प्रतिवेदनका अनुसार वायु प्रदुषणका कारण मानिसहरूको मृत्यु धेरै हुने देशहरूको सूचीको शीर्ष स्थानमा नेपाल र उत्तर कोरिया परेका छन्।

वातावरणविद्हरूका अनुसार सवारीसाधन र उद्योगबाट निस्कने धुँवाका अतिरिक्त घरभित्र दाउरा आदि बालेर खाना पकाउदा निस्कने धुँवा पनि प्रदूषणका लागि जिम्मेवार छन्।

वातावरणविद् भूषण तुलाधरका विचारमा मानिसहरूले पनि प्रदूषण गर्ने सवारीसाधनलाई छोडेर वातावरणमैत्री सवारीसाधन चढ्ने विकल्प रोज्न थालेमा स्थितिमा क्रमश: सुधार हुँदै जानेछ।

वायु प्रदूषणको स्तर सुधार्न आह्वान

थोत्रा गाडी हटाए 'आन्दोलन'

लुम्बिनीमा प्रदूषण

प्रदूषण घटाउने प्रयास