वामदेव गौतमसँग

नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले वरिष्ठ नेता झलनाथ खनालको मर्यादाक्रम घटाउने निर्णय बेठिक भएको प्रतिक्रिया दिएका छन्।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' पछिको मर्यादाक्रममा वरिष्ठ नेताको रूपमा माधव नेपालपछि खनाललाई राखिएको छ।

नेकपा एमालेमा नेता नेपालभन्दा माथिल्लो मर्यादाक्रममा रहेका खनालले पनि त्यस निर्णयप्रति असहमति जनाएका छन्।

रडाको

खनाललाई साथ दिँदै नेता गौतमले बीबीसीसँग भने, "त्यो बेठिक भएकै हो, उपयुक्त होइन। उहाँको अनुपस्थितिमा, त्यो पनि पहिलेको मर्यादक्रम घटाउनु हुँदैनथ्यो।"

आफूले त्यस्तो प्रस्ताव आउँदा प्रतिवाद गरेको उनले बताए।

नेता गौतमले भने, "तर सबैले त्यसलाई समर्थन गरेपछि मैले मात्र किन रडाको मच्चाउने भनेर मैले यो उपयुक्त भएन भने सक्कियो कुरो।"

उक्त निर्णय हुँदा देशबाहिर रहेका वरिष्ठ नेता खनालले फर्किएपछि पार्टी बैठकमा असहमति जनाएको तर निर्णय स्वीकार गरेको गौतमको भनाइ छ।