तबला वादक सरिता मिश्र
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'तबलावादक बन्न गाह्रो छ'

  • 25 मे 2018

काठमान्डूको पद्म कन्या क्याम्पसमा विगत २२ वर्षदेखि संगीत विषय पढाइरहेकी सरिता मिश्र नेपालकी व्यवसायिक तबलावादक हुन्।

उनलाई “पहिलो नेपाली महिला तबलावादक” पनि भन्ने गरिन्छ।

काठमाण्डूको पशुपतिक्षेत्रमा जन्मिएकी मिश्रले ८ वर्षको कलिलो उमेरदेखि नै तबला बजाउन थालेकी थिइन्।

यात्रा

उनको संगीत यात्रा स्वदेशमा मात्रै नभई विदेशमा पनि पुगेको छ।

उनले दिग्गज स्वदेशी र विदेशी कलाकारहरुका साथ हजारौँ कार्यक्रमहरुमा तबला बजाइ सकिन्।

पहिलो नेपाली महिला तबलावादक भनेर चिनिएकी उनी एउटा संगीत विद्यालयकी सञ्चालक पनि हुन्।

हाम्री साथी मतिना त्वानाबासुसँगको कुराकानीको क्रममा उनले भनिन्, “नेपालमा महिलाहरूलाई तबलावादक बन्न गाह्रो छ। घरका मान्छेले महिलालाई प्रोत्साहन गर्दैनन्।”

मौरीपालन व्यवसायमा महिला

दाङकी दलित महिला पुजारी

पुनर्निर्माणमा पोख्त महिला

‘जब महिला डकर्मी हेर्ने भन्दै आउँछन्’