डोनल्ड ट्रम्प: किमसँग अर्को महिना वार्ताको सम्भावना

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग अर्को महिना शिखर वार्ता हुन सक्ने बताएका छन्।
जुन १२ तारिखमा हुने भनेर निर्धारित गरिएको भेट अचानक स्थगित गरेको घोषणा गरेको भोलिपल्ट पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी तथा उत्तर कोरियाली पक्षबीच हाल छलफल चलिरहेको बताए।
उनले भने, "अब के हुन्छ भनी हामी हेर्दैछौँ। अहिले हामी उत्तर कोरियासँग छलफल गर्दैछौँ। हेरौँ अब के हुन्छ। जुन १२ मै पनि शिखर बैठक हुन सक्छ।"
प्रशंसा
उत्तर कोरियाली उपविदेशमन्त्रीले जारी गरेको विज्ञप्तिको पनि ट्रम्पले प्रशंसा गरेका छन्।
सो विज्ञप्तिमार्फत् उत्तर कोरियाले आफू अमेरिकासँग कुनै पनि समय र कुनै पनि प्रकारमा कुरा गर्न तयार रहेको बताइएको छ।