भारतमा निपा भाइरस: १४ जना संक्रमित भएको पुष्टि

तस्बिर स्रोत, AFP
दक्षिण भारतीय राज्य केरलामा हालसम्म दुर्लभ निपा भाइरसबाट १४ जना संक्रमित भएको पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
संक्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको छ।
केरलाका स्वास्थ्य सचिव राजीव सदानन्दनले निपा भाइरस अब नियन्त्रणमा आएको भन्नेमा आफू आशावादी रहेको बीबीसीलाई बताए।
फुकुवा
आगामी केही दिनसम्म निपा भाइरसका नयाँ संक्रमितहरू नभए प्रभावित क्षेत्रहरूमा लगाइएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने आशा आफूहरूले गरेको पनि उनले बताएका छन्।
तस्बिर स्रोत, SK Mohan
दक्षिण भारतमा निपा भाइरस फैलिएको यो पहिलो पटक हो।
विश्वव्यापी विज्ञहरूले निपा भाइरस-प्रतिरोधी खोप ल्याउन प्रयास गरिरहेका छन्।
सो संक्रमणको मुख्य कारक भने 'फ्रुट ब्याट' भनिने चमेराको एकप्रकारको प्रजाति भएको ठानिएको छ।
तस्बिर स्रोत, AFP
विश्व स्वास्थ्य संगठनले आगामी ठूलो महामारीको सम्भावित कारकका रुपमा सूचीकृत गरेको दश घातक रोगहरूमा निपा भाइरस संक्रमण पनि पर्दछ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरी