कोरियाली नेताबीच आकस्मिक भेट

कोरिया

तस्बिर स्रोत, The Blue House/Twitter

उत्तर कोरिया तथा दक्षिण कोरियाका नेताहरूले चार हप्ताभित्रै दोस्रो पटक भेट गरेका छन्।

उत्तर कोरियाका नेता किम जङ-अनसँग हुने भनेर पनि स्थगन गरिएको शिखरवार्ता अन्ततः हुन सक्ने अमेरिकी राष्ट्रपतिले जनाएको भोलिपल्टै दुई कोरियाका नेताबीच सो बैठक भएको हो।

दुई देशको सीमाबीच रहेको सैन्य गतिविधि निषेधित क्षेत्रमा शनिवार भएको बैठक अप्रत्याशित रुपमा भएको छ।

यसअघि कोरियाली प्रायद्वीपमा अमेरिका तथा दक्षिण कोरियाले हालै गरेको संयुक्त सैन्य अभ्यासप्रति प्योङयाङले विरोध जनाएको थियो।

संकेत

दुई कोरियाबीच भएको बैठकले उत्तर कोरिया अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेकोतर्फ संकेत गर्ने सोलस्थित बीबीसी सम्वाददाता बताउँछिन्।

साथै उक्त वार्ता, दुई कोरियाले सहकार्य गर्नका लागि गरेको प्रयासको एउटा संकेत भएको पनि उनी बताउँछिन्।

दक्षिण कोरियाका राष्ट्रपति मून जे-इन र उत्तर कोरियाका नेता किमबीचको भेट पान्मुनजोममा दुई घण्टाजति चलेको थियो।

प्राविधिक रुपमा युद्धकै स्थितिमा रहेका दुई कोरियाबीच यसअघि भएको पहिलो ऐतिहासिक बैठकले उनीहरूबीचको सम्बन्धमा सुधार आइरहेको स्पष्ट संकेत दिएको थियो।

उक्त बैठकले अर्को महिना सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अनबीच हुने भनिएको शिखरवार्ताका लागि बाटो खोलेको थियो।

ट्म्पले उनी र किमबीच हुने भनिएको सो शिखरवार्ता रद्द गरिएको जनाएका थिए तर त्यसको भोलिपल्टै शिखरवार्ता हुनसक्ने संकेत दिएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

ट्रम्प र किमबीच सहमति होला?