'किम जङ अन शिखर वार्ताका लागि मस्को जाने'

  • 1 जुन 2018
किम र लाभ्रोभ तस्वीर कपीराइट EPA

उत्तर कोरियाले आफ्ना नेता किम जङ-अन एक शिखर वार्तामा भाग लिन मस्को जानका लागि सहमत भएको जनाएको छ।

रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले उत्तर कोरियाको भ्रमण गरेलगत्तै त्यस्तो घोषणा भएको हो।

प्योङयाङमा लाभ्रोभलाई भेटेपछि नेता किमले यसै वर्षको अन्त्यसम्ममा मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने जानकारी दिएका हुन्।

उत्तर कोरियाली समाचार संस्थाका अनुसार लाभ्रोभसँगको भेटमा नेता किमले परमाणु अस्त्र निश्शस्त्रीकरण प्रतिको आफ्नो प्रतिबद्धता नबदलिएको बताएका थिए।

"चरणबद्ध"

तर किमले त्यस्त्रो निश्शस्त्रीकरण "चरणबद्ध रूपमा" हुने बताएको जनाइएको छ।

त्यही विषय उत्तर कोरिया र अमेरिकाबीच जारी संवादका क्रममा पेचिलो बन्दै आएको छ।

अमेरिकाले चाहिँ पूर्ण निश्शस्त्रीकरणपछि मात्र उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न सकिने सर्त राखेको छ।

त्यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीवार उत्तर कोरियाली नेताका विश्वासपत्रसँगको भेटमा "वास्तविक प्रगति हासिल" भएको बताएका थिए।

तर पोम्पेओले नेता किम र राष्ट्रपति डोनल्ड ट्रम्पबीच हुने भनिएको बहुप्रतीक्षित शिखर वार्ता निर्धारित समय र स्थानमा हुने हो वा होइन भनेर खुलाएनन्।

के हो उत्तर कोरियाली संकट?

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
ट्रम्प र किमबीच सहमति होला?