कश्मीर: मानवाधिकार उल्लङ्घनको छानबिन गर्न माग

भारत-पाकिस्तान

तस्बिर स्रोत, Getty Images

संयुक्त राष्ट्रसङ्घले कश्मीरको विवादित क्षेत्रमा भएका मानवाधिकार उल्लङ्घनका घटनाको स्वतन्त्र छानबिन गर्न आह्वान गरेको छ।

राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले तयार पारेको प्रतिवेदनमा भारत र पाकिस्तान प्रशासित दुवै कश्मीरमा भएका त्यस्ता घटनाबारे उल्लेख छ।

यो राष्ट्रसङ्घले कश्मीरबारे तयार पारेको यस प्रकृतिको पहिलो प्रतिवेदन हो।

दण्डहीनता

उक्त प्रतिवेदन खासगरी जुलाई २०१६ मा एउटा सशस्त्र समूहका एक जना नेताको हत्यापछि भएका घटनाहरूमा केन्द्रित छ।

त्यसमा दुवै मुलुकका सुरक्षा फौजले मानवाधिकार उल्लङ्घन गरेको र उनीहरूमाथि कारबाही नहुने गर्दा दण्डहीनता रहेको उल्लेख गरिएको छ।

कश्मीर भारत र पाकिस्तानबीच विभाजित छ।

दुवैले पूरै कश्मीर आफ्नो भएको दाबी गर्छन् र उनीहरूले विवादित क्षेत्रको स्वामित्वको विवादमा दुईचोटि युद्ध भइसकेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कश्मीर विवाद