विश्वकप २०१८: बेल्जियम र पानामाका खेल टोलीका बारे केही जानकारी

  • 18 जुन 2018
बेल्जियम झण्डा तस्वीर कपीराइट Reuters

यो खेल दुई टोली बीचको पहिलो भिडन्त हो।

बेल्जियम:

  • बेल्जियम विश्वकप समूह चरणको आफ्नो अन्तिम नौ खेलमा अपराजित रहेको छ। अन्तिम चारवटा सबै खेल तिनीहरुले जितेका छन्। पछिल्लो सात विश्वकप प्रतियोगितामध्ये छ वटामा तिनीहरु दोस्रो चरणमा पुग्न सफल भएका थिए सन् १९९८ मा बाहेक।
  • रेड डेभिल पनि भनिने यो टोलीले विश्वकपमा आफ्नो पछिल्लो नौ प्रारम्भिक खेलमा एउटामा मात्र पराजय बेहोरेको छ।
  • सन् १९७० यता यो टोलीले विश्वकपको पहिलो खेलमा दुई गोल भन्दा बढी गरेका छैनन्। त्यसबेला तिनीहरुले एल साल्भाडोरलाई ३-० ले पराजित गरेका थिए।
  • विश्वकपमा तिनीहरुको पछिल्लो आठ गोल सबै ७० मिनेटको समय कटेपछि भएको छ।
  • छनौट चरणमा युरोपेली वर्गमा अपराजित चार टोली मध्ये बेल्जियम पनि हो। अरु टोलीमा इंग्ल्याण्ड, जर्मनी र स्पेन छन्।
तस्वीर कपीराइट Presidency of Panama HANDOUT

पानामा:

  • ग्याब्रियल टोरेस र रोमान टोरेस यो टोलीको छनौट चरणको अन्तिम खेलमा दुई गोल गरेर संयुक्त रुपमा धेरै गोल गर्ने खेलाडीहरु हुन्।
  • पानामा ऋणात्मक गोल अन्तर (-१) सहित रुस पुगेको छ। छनौट चरणको १० खेलमा तीनवटा मात्र जितेर तिनीहरु अगाडि बढेका हुन्।
  • अन्तिम समयमा २१ वर्षिय रिकार्डो अभिलालाई टोलीमा समावेश गरेपछि, सन् २०१८ को विश्वकपमा पानामा उमेरदार खेलाडीहरु भएको पांचौं टोली बनेको छ। यो टोलीका खेलडीहरुको औसत उमेर २८.९ वर्ष रहेको छ।
  • हर्नान डारियो गोमेज विश्वकपमा कम्तिमा तीनवटा टोलीको नेतृत्व गर्ने चौथो व्यक्ति हुनेछन्। उनले सन् १९९८ मा आफ्नो देश कोलम्बिया र सन् २००२ मा एक्वेडोरलाई प्रशिक्षित गरेका थिए।
  • गोमेजले हेनरी मिचेल (चार फरक टोली), कार्लोस् अरबेर्टो परेरा र बोरा मिलुटिनोभिच (दुवैजना पांच भिन्न टोली) को पदचिन्ह पछ्याउने छन्।

विश्वकप: के इतिहासले विजेता देखाउन सक्छ?

विश्वकप २०१८ बारे जान्नुपर्ने कुरा सात चित्रमा