'सौर्य साथी'

'सौर्य साथी'

अजैता शाह एक उद्यमी हुन्।

उनले भारतको राजस्थान राज्यको ग्रामीण क्षेत्रमा सौर्य उर्जाबाट चल्ने उपकरणहरु प्रयोग गर्न ‌प्रोत्साहित गर्न एक अभियान थालेकी छन्।

जस अन्तर्गत ग्रामीण महिलाहरुलाई प्रशिक्षण दिइन्छ। उनीहरुलाई 'सौर्य साथी' भनिन्छ।

अहिलेसम्म झण्डै १,००० 'सौर्य साथी' हरुले १७५,००० परिवारलाई सौर्य उर्जाबाट चल्ने सामान प्रयोग गर्न सघाएका छन्।

यसले जलवायु परिवर्तनका असरहरुसंग जुध्न सहयोग पुग्ने ठानिएको छ।

बीबीसी रिपोर्ट (भिडिओ)