रूखहरू पनि 'बोल्न सक्छन्': यसरी हुन्छ वनस्पतिमा सञ्चार

रूखहरू पनि 'बोल्न सक्छन्': यसरी हुन्छ वनस्पतिमा सञ्चार

वैज्ञानिकहरूका अनुसार ढुसीको भूमिगत अन्तर्सञ्जाल प्रयोग गरेर रूखहरू एकापसमा 'बोल्छन्' र उपलब्ध स्रोत बाँड्छन्।

त्यस सञ्जाललाई 'डब्ल्यू डब्ल्यू डब्ल्यू' अर्थात् 'वूड वाइड वेब्' उपनाम दिइएको छ।

केही वनस्पतिले त्यो प्रणाली आफ्ना सन्तान र छिमेकीलाई मौलाउन सघाउन प्रयोग गर्छन् भने केहीले आफ्नै फाइदाका लागि त्यसको प्रयोग गर्छन्।

वनस्पतिहरूले एकापसमा कसरी सञ्चार गर्छन्? अनि उनीहरू भन्छन् चाहिँ के?

हेर्नुहोस् यो भिडिओ।