विश्वकप: इङ्ग्ल्यान्ड र स्वीडन क्वार्टर फाइनलमा

  • 4 जुलाई 2018
विजयपछि इङ्गल्याण्डका खेलाडी तस्वीर कपीराइट Getty Images

विश्वकप फुटबलको पछिल्लो खेलमा इङ्ग्ल्यान्डले कोलम्बियालाई पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ।

कोलम्बियाले खेल सकिनै लाग्दा एक गोल गरेर बराबर गरेपछि खेल लम्बिएको थियो।

अतिरिक्त समयमा पनि जितहार भएकाले पेनाल्टी प्रहारबाट परिणाम निस्किएको थियो। पेनाल्टीमा ङ्ग्ल्यान्डले चारका विरुद्ध तीन गोलले विजयी भएको थियो।

मङ्गलवार भएको अर्को खेलमा स्वीडनले स्विट्जर्ल्यान्डविरुद्ध १-० को जित हासिल गरेको थियो।

प्रतिस्पर्धात्मक

मस्कोमा भएको प्रतिस्पर्धात्मक खेलमा पेनाल्टीमा कोलम्बियालाई हराएपछि इङ्ग्ल्यान्डले अब शनिवार सामारामा हुने क्वार्टर फाइनलमा स्वीडनसँग खेल्ने भएको छ।

इङ्ग्ल्यान्ड विश्वकप खेलमा पेनाल्टी प्रहारमा विजयी भएको यो पहिलो अवसर हो।

स्पार्टक रङ्गशालामा भएको खेलमा एरिक डायरले गोल गरेपछि इङ्ग्ल्यान्ड विजयी हुन पुग्यो।

जोर्डन पिक्फोर्डको रक्षात्मक भूमिकाको पनि निकै प्रशंसा भयो।

पिक्फोर्ड र डायरलाई अन्य खेलाडीहरूले घेरेपछि म्यानेजर ग्यारेथ साउथगेट आफ्ना सहकर्मीसँग जितको खुसियाली मनाए।

अवसर

इङ्ग्ल्यान्डको फाइनल खेलसम्मको सम्भावित यात्रामा कुनै विश्वविजेता टोलीसँग भेट हुने देखिँदैन।

यो समूहको क्वार्टर फाइनलका विजेताले १५ जुलाईमा मस्कोमा हुने खेलमा क्रोएशिया वा रुससँग खेल्ने छ।

त्यसअघि सेन्ट पिटर्स्बर्गमा स्वीडन र स्विट्जर्ल्यान्डबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो।

मध्यान्तरपछिको खेलमा एमिल फोर्स्बर्गको गरेको प्रहार म्यानुएर अकान्जीलाई छोएर गोलमा परिणत हुन पुगेको थियो।

त्यति बेला यान सोमर सहाराविहीन देखिएका थिए। सोमरले मध्यान्तरअघि मार्कस बर्ग र ह्यारिस सेफेरोभिचका प्रहारलाई रोकेका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
विश्वकप हेर्न जान नपाएर ख्याति

खेलमा गोल गर्ने कैयौँ अवसरहरू चुकेका थिए। इन्जुरी समयमा मार्टिन अल्सनलाई धकेलेपछि स्विट्जर्ल्यान्डका माइकम लाङलाई रातो कार्ड दिइएको थियो।

त्यो फलको समीक्षापछि रेफ्रीले पेनाल्टीको सट्टा फ्रीकिकको अवसर दिएका थिए।