महिलाले स्ट्याच्यु अफ लिबर्टी चढेपछि...

  • 5 जुलाई 2018

न्यूयोर्क शहरका प्रहरीले राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासन नीतिको विरोध गर्न स्ट्याच्यु अफ लिबर्टीमाथि चढ्ने प्रयास गरिरहेकी एक महिलालाई अन्तत: त्यहाँबाट हटाएको छ।

तस्वीर कपीराइट Getty Images

स्ट्याच्यु अफ लिबर्टीलाई स्वतन्त्रताकी प्रतिमूर्ति भन्ने गरिन्छ।

पर्यटकहरूको आकर्षणको एक केन्द्रको रूपमा रहेको स्ट्याच्यु अफ लिबर्टीमा एक महिला चढेको देख्ने बित्तिकै प्रहरीले उनलाई तल ओराल्ने प्रयास गरेको थियो।

उनलाई तल ओराल्न प्रहरीले तीन घन्टासम्म निकै संघर्ष गर्नु परेको बताइएको छ।

प्रहरीले डोरीको सहायताले माथि उक्लिएर उनलाई तल ओरालेको थियो।

महिला माथि चढेको देखिने बित्तिकै स्ट्याच्यु अफ लिबर्टी वरपरको क्षेत्रलाई खाली गरिएको थियो।

विरोध

आप्रवासन नीतिविरुद्ध सयौँ शहरमा प्रदर्शन

'आप्रवासी परिवारलाई सँगै रहन दिन्छौँ'

ट्रम्पद्वारा सर्वोच्चको फैसलाको स्वागत

सीमामा पर्खालको विषय कानुनमा समेट्न माग

त्यसअघि अमेरिकी आप्रवासन् अधिकारीलाई संकेत गर्ने गरी, "आईसीई उन्मुलन गरियोस्" लेखेको ब्यानरलाई नजिकैको अग्लो स्थानबाट सबैले देख्ने गरी राख्ने काममा सक्रिय छ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

आप्रवासीको सहायता गर्ने राइज एण्ड रेसिस्ट नाम गरेको समूहले त्यो प्रदर्शन गरेको जनाएको छ।

तर अफ स्ट्याच्यु अफ लिबर्टीबाट हटाइएकी महिला आफ्नो समूहमा आबद्ध नभएको त्यो संगठनले जनाएको छ।

यसअघि पनि न्यूयोर्कमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा प्रदर्शनहरू भइसकेका छन्।