थाईल्याण्ड: गुफामा फसेका किशोरहरू भन्छन् ‘चिन्ता गर्नु पर्दैन’

थाईल्याण्ड गुफा

तस्बिर स्रोत, Facebook/Ekatol

"चिन्ता नलिनुस्। हामी सबै बलिया छौं," एक किशोरले लेखेका छन्।

"गुरु, हामीलाई धेरै गृहकार्य नदिनुस् है!" उनले ठट्टा पनि गरेका छन्।

ती किशोरहरूका प्रशिक्षकले छुट्टै पत्रमा अभिभावकहरूसँग क्षमा मागेका छन्।

उद्धार

तर अभिभावकहरूले उनले आफूलाई दोषी नठान्न भनेका छन्।

ती १२ किशोर र प्रशिक्षक गुफामा पसेका बेला २३ जुनमा बाढी पसेपछि त्यहीँभित्र फसेका थिए।

उनीहरूलाई १० दिनपछि फेला पारिएको थियो। उनीहरूको उद्धारका निम्ति केही समय लाग्ने बताइएको छ।